सांसदले पदीय मर्यादा अनुसार काम नगरेकाले प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री

 ग्लोबल टिभि      शुक्रबार, पुस १७, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद र सभामुखले पदीय मर्यादा अनुसार काम नगरेकाले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आफू निकट प्रवासी नेपाली एकता मञ्चको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएकाले प्रतिनिधिसभा विघटनको कदम चाल्नुपरेको बताएका हुन् ।

प्रधानमन्त्रीले संसद्मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै आक्रोससमेत पोखेका थिए । उनले भने, ’संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन् । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसद्को अविश्वास प्रस्तावको कुनै अर्थ थिएन । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।’

सभामुख र सांसदहरू अराजक भएको भन्दै त्यसको विकल्प ताजा जनादेश भएको उनको भनाइ थियो । पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको ओलीको भनाइ थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *