राष्ट्रिय सभाका १ सांसद र ५ कर्मचारीमा कोरोना पुष्टि

 ग्लोबल टिभि      शुक्रबार, पुस १७, २०७७      0

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैठक शुरु हुनुअघि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

हिउँदे अधिवेशन अघि हिजो ४१ सांसदसहित ९७ जनाको स्वाब परीक्षण गरिएको थियो । कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए

सांसद र कर्मचारीमा संक्रमण देखिए पनि अधिवेशनमा भने प्रभाव नपर्ने सचिवालयले जनाएको छ । बैठक चलाउन सबै तयारी गरिएको सहप्रवक्ता धमलाले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *