बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनविरुद्ध च्याम्ब्रुङ एपिसोडमार्फत् विरोध प्रर्दशन गरेको छ। नागरिक अगुवाको विरोध कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो माइतीघर मण्डलामा च्याब्रुङ इपिसोडमार्फत् विरोध गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै नागरिक अगुवाहरुले केही दिनदेखि विरोधका विभिन्न इपिसोड संचालन गर्दै आएका छन्।
नागरिक अगुवाहरुले उल्टो हिँडेर सुरु गरेको विरोधको दोस्रो दिन डम्फु बजाएर विरोध गरेका थिए। तेस्रो दिन नौमती बजाएर विरोध गरेका थिए। यस्तै ’समृद्धिको यात्रा ओलीको गाईजात्रा’ र ’संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’लगायतका नारा लगाएका थिए।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ। विघटनविरुद्ध अहिले नेकपा र प्रतिपक्ष दल नेपाली काग्रेस, जसपा र राप्रपा सडकमा रहेका छन्।
Leave a Reply