ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अर्को समूहले सडकमा सुन्नै नसकिने नारा लागाएको बताएका छन्।
चुनाव घोषणा गरिसकेपछि निर्वाचनकेन्द्रित हुनुपर्नेमा असभ्य नारासहित सडकमा विरोध गरिएको उनले बताए। प्रवासमा रहेका नेपालीलाई अंग्रेजी नयाँ बर्षको शुभकामना सन्देश दिने क्रममा जुममार्फत् ओलीले भने,‘सर्वोच्च संस्थामाथि आक्रमण गरेर लोकतन्त्र र गणतन्त्रका विरुद्ध नलाग्नुस्।’
पार्टी फुटाएर दक्षिणपन्थीसँग सरकार बनाउन लागेको भन्दै प्रचण्ड-नेपाल पक्षले गरेको सडक आन्दोलनप्रति उनले आपत्ति जनाए। प्रचण्ड-नेपाल पक्षको आन्दोलनले कम्युनिस्ट आन्दोलनलाई असहयोग पुग्ने उनले बताए।
Post Views: 1,218
Leave a Reply