राष्ट्रिय सभाको अर्को बैठक पुस २३ मा

 ग्लोबल टिभि           0

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन्।

आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए।

नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *