जसले सभापतिको चुनावमा मत धेरै ल्याउँछ,सबैले उसैलाई सघाउँछौं’-  उम्मेदवार  निधि

 ग्लोवल टि.भी.      सोमवार, मंसिर २७, २०७८      0

काठमाडौं ,मङ्सिर २७गते ।
म, प्रकाशमान र शेखरमध्ये जसले बढी मत ल्याउँछ, सबैले उसैलाई सघाउँछौं’
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि सभापति नजित्ने दाबी गरेका छन्।

आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याउने दाबी गरेका छन्।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन,’ निधिले भने, ‘त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवाइतर रहेका हामी सबै एक हुन्छौं।’

दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा आफूसहित सभापतिका अन्य उम्मेदवारहरूले जसको बढी मत आउँछ उसैलाई सघाउने दाबी उनको थियो।
म, प्रकाशमान र शेखरमध्ये जसले बढी मत ल्याउँछ, सबैले उसैलाई सघाउँछौं,’ निधिले भने।

निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले सर्वसम्मत सभापति उम्मेदवार बनाउन आग्रह गरेको पनि बताएका थिए। उनले अझै केही दिन निर्वाचन कार्यक्रम पर सारेर पौडेललाई सर्वसम्मत सभापति बनाउन सकिने तर्क गरेका थिए।

निधिले प्यानलसहित उम्मेदवारी दिएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.