ग्लोबल टिभि
0
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो।
कांग्रेसले प्रधानमन्त्रीको कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।
पुस १६ मा मेलमिलाप दिवस मनाएको कांग्रेसले स्थगित केन्द्रीय समिति बैठक आइतबारदेखि पुनः सुरू गर्न लागेको हो।
Post Views: 1,034
Leave a Reply