प्रचण्ड – नेपाल समुहको दोस्रो चरणको आन्दोलन घोषणा

 ग्लोवल टि.भी.      आइतवार, पुस १९, २०७७      0

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। प्रचण्ड-माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संसद विघटनपछि सडकमा आएको प्रचण्ड(माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन ।

प्रचण्ड – माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘यो असंवैधानिक कदम हो भन्नेमा हाम्रो समान धारणा रहृयो, तर कांग्रेसले केन्द्रीय कमिटी बैठकले निर्णय नगरेका कारण संयुक्त संघर्षको स्थिति रहेन ।’

आआफ्नो कार्यक्रम जारी राख्ने र संयुक्त रुपमा प्रहार गर्ने समझदारी भएको श्रेष्ठले बताए ।

साथै उनले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस् भनेर खबरदारी गरे । ‘स्वतन्त्र ढंगले काम गर्ने वातावरण होस् । हस्तक्षेप र दबाव नहोस्’ उनले भने, ‘हाम्रो सेटिङमा काम गर्छन् भनेर संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस् भनेर वातावरण बनाउन चाहन्छौं ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *