संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

 ग्लोवल टि.भी.      आइतवार, पुस १९, २०७७      0

प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध प्रचण्ड नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको छ।

प्रचण्ड –नेपाल पक्षका १७ जना प्रदेश सभा सदस्यले मण्डलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका हुन्। नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका संसदीय दलका नेता मण्डल प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हुन्।

प्रचण्ड नेपाल पक्षका प्रदेशसभा सदस्य शत्रुघन महतोसहितका १७ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *