कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

 ग्लोवल टि.भी.      बिहिबार, पुस १, २०७८      0

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेका छन् । मतपरिणाम कांग्रेसको निर्वाचन समितिले घोषणागर्न बाँकी छ । थापा शेखर कोइराला प्यानलबाट उमेदवार बनेका थिए भने शर्माले प्रकाशमान सिंह समुहबाट उमेदवार बनेका थिए ।

महामन्त्रीको उमेदवारका रुपमा गगन थापा र विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा.मीनेन्द्र रिजाल र डा.राजाराम कार्की प्रतिष्पर्धामा थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.