प्रधानमन्त्रविरूद्ध आन्दोलन गर्छाैं : देउवा

 ग्लोबल टिभि      सोमवार, पुस २०, २०७७      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध अब आन्दोलनमा जानुपर्ने बताएका छन्। आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै देउवाले अब आन्दोलनमा जानुपर्ने बताएका हुन्।

‘मैले पहिलेदेखि नै भन्दै आएको छु- प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख काम गरेका छन्। अब आन्दोलनमा जानुपर्छ।’

देउवाले यसअघि प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा रहेकोले अदालतलाई तर्साउने तथा धम्क्याउने काम पार्टीले गर्न नहुने बताउँदै आएका थिए।

सभापति देउवा नै आन्दोलनका पक्षमा उभिएपछि कांग्रेस केन्द्रीय समितिले आन्दोलनको तालिका नै बनाएको छ।

कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश सभा क्षेत्रमा सरकारविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

‘माघ ३ गते ७५३ स्थानीय तहमा र माघ ८ गते ६ हजार सात सय ४३ वडाहरूमा प्रदर्शन गर्ने निर्णय भएको छ।

यसबाहेक जिल्लाहरूले पनि केन्द्रले निर्धारण गरेको कार्यक्रमसँग नजुध्ने गरी थप आन्दोलनका कार्यक्रम गर्न सक्ने केन्द्रीय समितिले निर्णय गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *