नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो ।
सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ । नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगिएको हो ।
Leave a Reply