ग्लोवल टि.भी.
सोमवार, पुस २०, २०७७
0

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज दिउँसो १२ बस्दै छ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् ।
सोमबारको बैठकमा सांगठनिकलगायतका विषयलाई अन्तिम रुप दिन गठन हुने कार्यदल सदस्यहरुको बारेमा छलफल हुने बताइएको छ । आइतबारको बैठकमा अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव पेस भएको थियो । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्ने बताइएको छ ।
प्रवक्ता श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिए ।

Leave a Reply