ग्लोबल टिभि
सोमवार, पुस २०, २०७७
0
नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता विष्फोटक पदार्थसहित कालिकोटबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् ।
उनीहरुलाई कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
डीएसपी शाहका अनुसार उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।
Post Views: 738
Leave a Reply