ग्लोबल टिभि
मङ्लबार, पुस ६, २०७८
0
नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्तासहितका कार्यक्रम छ । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा मंगलबारबाट हुने तालिका छ ।
सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । कांँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ र ७ पुसमा प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो ।
प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम छ ।
Post Views: 527
Leave a Reply