ग्लोबल टिभि
शुक्रबार, पुस ९, २०७८
0
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदको निर्वाचन हारेका नेता डा. प्रकाशशरण महतले आफ्नै टिमबाट असहयोग भएकाले आफूले चुनाब हारेको बताएका छन् ।
सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले शुक्रबार गौशालामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
उनले आफूले सोचेजस्तो नतिजा नआए पनि त्यसलाई स्वीकार गरेको पनि बताएका छन् ।‘बाधा व्यवधानका बाबजुद जुन मत मैले पाएँ,’ उनले भने, ‘त्यो मलाई माया गर्नेहरुको मत हो ।
टिमको आधारमा मतदान भएको थियो तर मैले सहयोग पाइनँ । उनले प्यानलबाट पनि मत नआएकाले आफूले पराजय भोगेको बताएका छन् ।
Post Views: 611
Leave a Reply