जनयुद्ध नभएको भए गणतन्त्र आउने थिएन-उपेन्द्र यादव

 ग्लोबल टिभि      आइतवार, पुस ११, २०७८      0

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र नआउने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताए ।

उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’ विगतका प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान हुँदैन, विगतका गल्तीलाई सच्याउने र सुधार्ने काम गर्नुपर्नेमा उनले जोड दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *