ग्लोबल टिभि
मङ्लबार, पुस २१, २०७७
0
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ मा पार्टीको संसदीय दलको नेता परिवर्तन गरिएको छ । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको हो । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् ।
सोही बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन् । बैठक लगत्तै नेकपाका प्रदेशसभा सदस्यहरुले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।
Post Views: 1,056
Leave a Reply