ग्लोबल टिभि
मङ्लबार, पुस २१, २०७७
0
नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानअनुसार प्रतिनिधि सभा पूर्नस्थापना हुने दावी गरेका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तक्र्रियामा उनले प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भएको भन्दै संविधानअनुसार नै प्रतिनिधि सभा पुर्नस्थापना हुने दावी गरेका हुन् ।
श्रेष्ठले अहिले नेकपाभित्र राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताए । पार्टीको नाम र चुनाव चिन्ह आफुहरुले नै पाउने भन्दै उनले यसमा कसैले दुविधा मान्न नहुने तर्क गरे । ओली सरकारविरूद्ध संयुक्त आन्दोलन गर्नेबारे पनि छलफल भइरहेको श्रेष्ठले बताए ।
Post Views: 690
Leave a Reply