ग्लोबल टिभि
बिहिबार, पुस १५, २०७८
0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राजतन्त्रको एजेन्डा छोडेर नयाँ अभियान घोषणा गर्ने संकेत गरेका छन् ।
आगामी पुस २७ गतेबाट ‘नयाँ अभियान’ सुरू गर्दै उनले राजतन्त्रको एजेन्डा छाड्ने भनेका हुन् । थापाले त्यो अभियान हिन्दु राष्ट्रको पक्षमा हुने बताएका छन् । उनले हिन्दु राष्ट्रको एजेन्डा लिएर पुस २७ गतेबाट देशव्यापी अभियान सुरू गर्ने तयारी गरिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि राख्दै आएका छन् ।
उनले पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न लिङ्देनलाई लिखित रूपमै पत्र दिएका छन् ।
Post Views: 677
Leave a Reply