संसद विघटनबारे संवैधानिक इजलासमा नबस्ने घोषणा : कार्की

 ग्लोबल टिभि      बुधबार, पुस २२, २०७७      0

न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।

विपक्षीहरुको लिखित जवाफ आएपछि बुधबार सुरु भएको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्‍ठ र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाए । कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो ।

संसद विघटनसम्बन्धी रिट सुनुवाई गर्ने संवैधानिक इजलासमा कार्की रहेको विषयमा जनतामा उठेको प्रश्नलाई त्यतिकै डिसमिस गर्न नमिल्ने वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

तर प्रधानन्यायाधीश जबराले किन हुँदैन भनेर प्रश्न गरे । उनले कार्की प्रधानमन्त्रीको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रहिसकेको र अहिले प्रधानमन्त्रीविरुद्ध नै रिट परेकाले हेर्न नमिल्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *