राष्ट्रिय सभा बैठक बस्दै

 ग्लोवल टि.भी.      बिहिबार, पुस २३, २०७७      0

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् ।

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो । स्थायी सदन भएकाले राष्ट्रियसभा भने विघटन गर्न मिल्दैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *