ग्लोवल टि.भी.
बिहिबार, पुस २३, २०७७
0

नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेकपाको ओली समूहका साथै अन्य राजनीतिक दलहरु पनि विरोधमा उत्रिएका छन् ।

Leave a Reply