रकम हिनामिना गरेको भन्दै केपी समूहले गर्‍यो भीम रावललाई कारवाहीको सिफारिस

 ग्लोवल टि.भी.      बिहिबार, पुस २३, २०७७      0

नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ ।

बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा लेखेका छन् ‘पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको छ ।’ प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।

बैठकले यही पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा ल्याएर धनगढीमा विशाल कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *