काठमाण्डौं । अहिले राजनीतिक बृत्तमा चर्चा, चासो एवं कानुनी प्रश्न उठिहरको छ प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बिघटनको अधिकार छ कि छैन ? भन्ने बारे । यो मुद्धा सर्वोच्च अदालतमा बिचाराधीन पनि छ । तर सबैभन्दा चासोको बिषय पनि बनिरहेको छ दुबै संविधान सभाको नेतृत्व गरेका संविधान सभा अध्यक्ष एवं नेकपा नेता सुवास नेम्वाङको मौनता । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट राजनीतिक सहयोगी हुन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिए पनि नेम्वाङले ’त्यो गलत भएको’ सार्वजनिक टिप्पणी गरेका छैनन्।
बरू अदालतमा विचाराधीन विषय भन्दै उनी पन्छने गरेका छन्।
नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदासमेत उल्लेख गरेका थिए। उनले प्रधानमन्त्रीले ’संसद विघटन गर्न सक्दैन’ भनेका थिए।
Leave a Reply