प्रधानमन्त्रीले संविधानलाई क्षतविक्षत पारे : नेपाल (भिडियो सहित)

 ग्लोवल टि.भी.      बिहिबार, पुस २३, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाउनु भएको छ ।

संसद बिघटनबिरुद्ध नेकपाले बुधबार काठमाडौंमा गरेको अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले संविधानमा व्यवस्था नै नभएको संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका छन् ।

राजनीतिक स्थायीत्वको लागि प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरेपनि हुँदै नभएको अधिकार प्रयोग गरिएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो निरंकुश र अहंकारी व्यक्ति कोही नभएको आरोप समेत लगाएका छन् । संकटकाल लगाउने सम्मको तानाबाना बुनिरिहेको हल्ला आएको भन्दै उनले त्यसलाई सफल हुन नलिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्ष जारी रहेको बताए ।

बैठकमा अन्य नेताहरुले संसद बिघटन गर्ने असंवैधानिक कदमबिरुद्ध सवैले आवाज उठाउनुपर्ने धारणा राखेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *