प्रतिनिधि सभा पुन :स्थापना समाधान होइन : महतो (भिडियो सहित)

 ग्लोबल टिभि           0

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन्।

संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए ।

रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौमा गरेको साक्षात्कारमा महत्ताले संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो । देशका सबै महत्वपूर्ण एजेन्डालाई फाष्ट ट्रयाकमा राखेर बनाइएको उल्लेख गर्दै सबै जनताले आफ्नो ठान्न नसकेको उल्लेख गरे ।
देशमा सातवटा संविधान बनाइसकिएको र पटक पटक कू भएको महतोको भनाई थियो । प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोरमाथि चकार गरेको आरोप लगाएका छन् ।

उहाले चुनावले समस्याको समाधान गर्न नसक्ने धारणा पनि राखेका छन्। आफूहरुले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *