संसद बिघटन बिरुद्ध प्रधानमन्त्रीको पुत्ला दहन (भिडियो सहित)

 ग्लोवल टि.भी.      बिहिबार, पुस २३, २०७७      0

संसद बिघटन बिरुद्धमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले काठमाडौंको नयाँबानेश्वरस्थीत निषेधीत क्षेत्रमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

संसद बिघटनबिरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका अखिल आवद्ध बिद्यार्थीहरुले बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

मिनभवनको कमर्श क्याम्पसबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर उनीहरुले पुत्ला दहन गरेका थिए । बिद्यार्थीहरुले पुत्ला दहन गर्ने बितिकै प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस लगतै उनीहरुले क्याम्पसबाहिर पनि प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

त्यस्तै बिहीबार नै काठमाडौंको प्रदर्शनीमार्ग पनि बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसबाट प्रदर्शन गर्दै उनीहरुले प्रदर्शनीमार्गमा पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा बिद्यार्थीहरुले संसद बिघटन असंवैधानिक भएको भन्दै निरन्तर आन्दोलन गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटन गरेसँग बिभाजित भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले ओलीको उक्त कदमका बिरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *