निर्वाचन आयोगले शुक्रबार बोलायो सर्वदलीय बैठक

 ग्लोबल टिभि      बिहिबार, पुस २९, २०७८      0

निर्वाचन आयोगले राष्ट्रिय सभा लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजेका लागि आयोगको हलमा बैठक बोलाइएको छ। बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ । त्यस्ता दलहरूको संख्या १७ छ ।

‘राष्ट्रिय सभा चुनाव आउँदैछ। स्थानीय तहको चुनावको पनि तयारी भइरहेको छ। मतदाता नामवली संकलनको विशेष कार्यक्रम सकिएको छ। यिनै विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ प्रवक्ता शर्मा पौडेलले भने।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *