नेटो गठबन्धन र रुसबीचको वार्तामा गतिरोध

 ग्लोवल टि.भी.      बिहिबार, पुस २९, २०७८      0

पुस २९
नेटो र अमेरिकाले युक्रेनलाई नेटो गठबन्धनमा राख्न नहुने रुसी माग अस्वीकार गरेपछि वार्तामा गतिरोध आएको हो । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासका बीच बुधबार नेटो काउन्सिल र रुसबीच भएको वार्तामा रुसले आफ्ना छिमेकी देशहरुमा तैनाथ नेटो सैनिक र हातहतियार फिर्ता गर्नुपर्ने शर्त राखेकोमा नेटोले त्यसलाई पनि अस्वीकार गरेको छ । साथै रुसले नेटोमा हाल आवद्ध तीस देश भन्दा बढी सस्दय थप्न नपाइने माग पनि वार्तामा राखेको जनाइएको छ । यसैबीच, रुसले युक्रेनी सीमानामा आफ्ना सैनिकको संख्या बढाएको छ । पूर्वी सिमानामा सैनिक तैनाथ गर्दै आएको रुसले युक्रेनलाई तीन तिरबाट सैनिक घेरामा राखेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *