संविधानको हत्या गर्न पाइँदैनः नारायणकाजी श्रेष्ठ (भिडियो सहित)

 ग्लोवल टि.भी.      शुक्रबार, पुस २४, २०७७      0

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदको रक्षाको लागि संविधानमाथि धावा बोल्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा श्रेष्ठले आफ्नो पद नै खतरामा परेको देखेर प्रधानमन्त्रीले संविधान बिपरित संसद बिघटन गरेर चूनावमा जाने निर्णय गरेको आरोप लगाएका छन् ।

उनले अस्थिर सरकारबाट आजित भएर प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार सर्वदलीय सहमतिबाटै खोसिएको भन्दै त्यसबारे सवै जानकार रहेको तर्क गरेका छन् ।

संविधानको धारा ७६ मा रहेको व्यवस्थाबारे चर्चा गर्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने संविधानले त्यस्तो विशेषाधिकार नदिएको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *