देशमा विकास निर्माणमा ढिलाइ(विकास समिति)

 ग्लोबल टिभि      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
सांसदहरुले भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले देशमा विकास निर्माणमा ढिलाइ हुने गरेको भन्दै समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले जिम्मेवार भएर काम गर्न निर्माण व्यवसायीलाई सुझाव दिए ।
बैठकमा निर्माण व्यवसायीले भने सार्वजनिक खरिद ऐनमा भएका समस्या र सरकार परिवर्तन भइरहँदा आयोजना अगाडि नबढ्ने गरेको दाबी गरे । राजनीतिक दलहरुले आयोजनाको विस्तृत अध्ययन नगरी दबाब र प्रभावमा अगाड बढाउँदा पनि समस्या हुने उनीहरूको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *