काठमाण्डौ । संसद विघटन विरुद्व नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघले माईतीघर मण्डलामा आज विरोध प्रर्दशन गरेको छ । प्रतिनिधि सभा विघटन अलोकतान्त्तिक तथा असंवैधानीक कदम र उल्टो काम भएको भन्दै नेवि संघले उल्टो हिँडी विरोध प्रर्दशन गरेको हो ।
उनीहरुले संसद पुनः स्थापना र प्रधानमन्त्रीको असंवैधानिक कदमको खारेजको माग गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले दुई तिहाइ नजिकको सरकार जनताप्रति जिम्मेवार नभएको र संसद बिघटन गरेर संविधानलाई नै खतरामा पारेको आरोप लगाए ।
माइतीघरमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताहरू उल्टो हिँडेर बानेश्वरसम्म पुगेका थिए ।
प्रधानमन्त्रीको सिफारिशमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिईन् ।
कांग्रेस भ्रातृ संगठन नेविसंघले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।
Leave a Reply