ग्लोबल टिभि
शुक्रबार, पुस ३०, २०७८
0
पुस ३०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट नडराउने बताएका छन् ।
विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाब सरकारलाई मान्य नहुने बताए ।
उनले विद्यार्थीसँग जथाभावी शुल्क लिएको पाइए कानुन बमोजिम कारबाही गर्ने बताए ।
मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाब दिएर कानून विपरीत काम गर्न नपाइने तर्क गरे । त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आयोगको तर्फबाट गर्नुपर्ने कामका लागि आयोग पछि नहट्ने बताए ।
Post Views: 830
Leave a Reply