एमाले सम्पत्ति विवरण बुझाउन निर्देशन

 ग्लोबल टिभि           0

पुस ३०
नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले निर्वाचित भइ पदीय हैसियतमा वसेका सदस्यलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन १ मा केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको हो ।

पार्टी विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष समेतलाई आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको छ । आयोगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *