ओलीको सोच प्रचण्डको टाउकोमा चढेर ‘म सबैभन्दा अग्लो छु’ भनेर देखाउने थियो– नेपाल

 ग्लोबल टिभि      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टाउकोमा टेकेर अग्लो हुने चाहनामा मात्र पार्टी एकता गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने ‘हामी पहिले खुसी भएका थियौं । एमाले र माओवादी २ वटा पार्टी एक ठाउँमा आउने भए , हामी प्रफुल्ल भयौं तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति ।’

ओलीलाई प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि जथाभावी बोल्दै हिँडेको पनि बताए । ओलीले अहिले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको नेता नेपालले टिप्पणी गरे । ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन्, उनका लागि’ उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *