ग्लोबल टिभि
शुक्रबार, पुस ३०, २०७८
0
पुस ३०
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशको सीमाना मिचिँदा पनि कोही राष्ट्रवादीहरु नबोलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । देश आमा भएकाले आमा लुटिदा पनि कोही नबोल्नेलाई उनले ज्यूँदै मरेको भनी टिप्पणी गरेका छन् ।
ज्यूँदै मरेकाहरुमध्ये आफू पनि पर्ने भन्दै नेता भण्डारीले आफैंलाई श्रद्दाञ्जलीसमेत व्यक्त गरेका छन् । ‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बबाल गर्दछन् । देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैंलाई पनि श्रद्धाञ्जलिबाहेक म के भन्न सक्छु र !’ नेता भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन् ।
Post Views: 982
Leave a Reply