ग्लोबल टिभि
शुक्रबार, पुस ३०, २०७८
0
पुस ३०
निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।
प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो । निर्वाचन मितिका विषयमा छिट्टै सरकारसँग पनि छलफल हुने भएको छ । स्थानीय तहको चुनावबारे आज निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ ।
Post Views: 907
Leave a Reply