नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल फिदिम नगर कमिटी घोषणा भएको छ । शुक्रवार पाँचथरको सदरमुकाम फिदिम स्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय लखन मार्गमा भएको भेलाले मोद राईको अध्यक्षतामा २७ सदश्यीय फिदिम नगर कमिटी घोषणा भएको हो । कमिटीको उपाध्यक्षहरु संगिता तुम्बापो र ज्ञान बहादुर जबेगु सचिव प्रफुल तुम्बापो सह सचिब सुन्दर लोवा सहित रहेका छन् ।
युवा संघ नेपाल केन्द्रिय कमिटी सचिब अन्जु काम्बाङ्ग र स्थाई कमिटी सदस्य शिव थाम्सुहाङ्ग को उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तर्फबाट जिल्ला सचिबालय सदश्य बीरदल राई, खड्ग बोहारा, सन्तोस सेन्चुरी, दिनेश श्रेष्ठ सहितका नेताहरुले बोलेका थिए । युवा संघ नेपाल जिल्ला कमिटी सचिब तथा नगर इन्चार्ज सिमा तुम्बापो को अध्यक्षतामा कार्यक्रम सम्पन्न पाँचथरबाट शिव थाम्सुहाङ्गले बताए ।
Leave a Reply