प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्णमात्राको खोप लगाइने बताएका छन् । शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लािग खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् । त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकताअनुसार बुष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए । प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे । कोरोनाको नयाँ नयाँ भेरियन्ट आएका कारण विश्व समूदायकै लागि चूनौती देखिएकाले यसलाई सामना गर्ने सबै उपायहरुलाई अबलम्वन गर्नुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले आइसोलेशन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।
छलफलका क्रममा परीक्षणको दायरा बढाउनुपर्ने, आइसोलेशन सेन्टर बढाउनुपर्ने र जनशक्ति बढाउन सुझाव दिएको संक्रामक रोग बिशेषज्ञ डाक्टर जनक कोइरालाले जानकारी दिए ।
उनले कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने सुझाव दिएको जानकारी दिए
Leave a Reply