ग्लोवल टि.भी.
शनिबार, पुस २५, २०७७
0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाखमा निर्वाचन नगराए नेपाली जनताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै हटाउने चेतावनी दिएका छन् । काठमाडौँमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले
प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय सबैले मान्नुपर्ने बताए्।
संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन् ।
उनले अदालतमा विचाराधीन मुद्दामा जुलुस निकालेर दबाब सिर्जना गर्न नहुने बताए । निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए ।

Leave a Reply