ग्लोबल टिभि
आइतवार, माघ २, २०७८
0
माघ २
नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ ।
नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए ।
उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको पनि बताए ।
यस्तै, काग्रेस नेता आनन्द ढुंगानाले अहिलेपनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दायित्व नेपाली काग्रेसको काँधमा रहेको बताए ।
Post Views: 830
Leave a Reply