ग्लोबल टिभि
0
माघ २
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले पशुपति धर्मशालामा संरचना देखेर आश्चर्यचकित भएको प्रतिक्रिया दिए ।
बतास समूहले भाडामा लिएको पशुपति धर्मशालाको अनुगमन गर्दै आज आलेले तीर्थयात्रीको बासस्थानलाई तारे होटल बनाइएको प्रतिक्रिया दिएका हुन् । उनले कतिपय काम पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिईकनै गरिएको पाइएको भन्दै छानबि समितिको प्रतिवेदन आएसँगै कारबाही अघि बढाउने बताए ।
छानबिन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए । तीर्थयात्रीका लागि सहज हुने उद्देश्यले भारतको सहयोगमा बनेको धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।।
Post Views: 952
Leave a Reply