कांग्रेसले भन्दै आएको तानाशाही सरकार अहिले प्रष्टै देखियो : डा महत

 ग्लोबल टिभि      शनिबार, पुस २५, २०७७      0

नुवाकोट । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा.प्रकाशहरण महतले काँग्रेसले यो सरकार बनेदेखिनै तानाशाही सरकार भनेको र अहिले स्पष्ट भएको बताएका छन् । आज नेपाली काँग्रेसको नुवाकोट क्षेत्र नं १ खद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने– हामीले त यो कम्युनिष्ट सरकार बनेदेखि नै यो तानाशाही सरकार हो भनेका थियौँ, अहिले स्पष्ट भयो ।
डा महतले काँग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको र सर्वोच्च अदालतको फैसला आएपछि भने चुनावलाई अवसरका रुपमा लिएर काँग्रेस जनतामाझ जाने बताए । काँग्रेस वर्तमान संविधान जारी गरेको पार्टी भएकोले यसको रक्षा र देशमा लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि काँग्रेसले सर्वोच्चको फैसला कुरेर सोही बमोजिम जनतामा जाने योजनामा रहेको उनले बताए ।

अहिले आफू सत्तामा नरहने अवस्था आएपछि संसद नै विघटन गरिदिएको प्रधानमन्त्री केपी ओलीको शैलीले अब देशमा कम्युनिष्ट सर्वसत्तावादका धेरै कुरा खोलेको उनले जिकीर गरे ।

यो सरकारका अनियमितता र भ्रष्टाचारका काण्डैकाण्ड बाहिर आइरहे पनि आफू प्रधानमन्त्री हुने लोभमा प्रचण्ड र माधव नेपालले विरोध नगरेको तर जब ओलीले नछोड्ने चाल पाएपछि तबमात्र पार्टी बैठकमा प्रतिवेदन नै लेखेर प्रचण्डले ओली सरकारका भ्रष्टाचार बारे बोल्न बाध्य भएको पनि डा महतले बताए र

सो सभालाई नुवाकोट क्षेत्र नं १ का कांग्रेस क्षेत्रीय सभापति अर्जुन न्यौपाने तथा नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष उत्तम पाठक लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *