मुख्य विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने बताउनुभएको छ ।
आइतबार देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा उहाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै देउवाले सडकबाट दवाव दिन नहुने समेत बताउनुभयो ।
देउवाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने जिकिर गर्नुभयो । उहाले कदम असंवैधानिक नै भएको भन्दै आन्दोलनमा रहेको धारणा राख्नुभयो ।
उहाले नेपालको एकीकरणको बिषय निकै पुरानो भइसकेको बताउनुभयो । मुलुकमा राजा आऊ देश बचाऊको नारा लागिरहेको अवस्थामा पृथ्वीनारायणको तस्बिरमा माला लगाउन नसकिने उहाले स्पष्ट पार्नुभयो ।
त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा कही पनि विघटन गर्ने ठाउ नै नराखिएको बताउनुभयो । उहाले काँग्रेस संसद पुर्नस्थापनाको पक्षमा आवाज लिएर सडकमा जाने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कांग्रेसका नेता अर्जुननरसिंह केसीले पृथ्वीजयन्ती मनाउने निर्णयमा पुग्न सभापति देउवालाई अनुरोध गर्नुभएको थियो ।
Leave a Reply