संसद विघटन विरुद्व अनेरास्ववियुको बयलगाढा जुलुस (भिडियो सहित)

 ग्लोवल टि.भी.      आइतवार, पुस २६, २०७७      0

संसद विघटन विरुद्व प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले आज बयलगाढासहित प्रदर्शन गरेको छ ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउछौं भन्नु बयलगाढा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेको, तर नेपालमा गणतन्त्र स्थापना भएको र अहिले ओलीले गणतन्त्रको उपलब्धीलाई संकटमा पार्ने गरी संसद विघटन गरेकाले त्यसको विरोधमा बयलगाढासहित प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाढासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए । प्रदर्शनमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ लगायत सहभागी थिए ।

थापाथली क्याम्पस परिसरबाट बयलगाढासहित विद्यार्थीहरु सडकमा आउनासाथ प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो ।

संसद विघटनको विरोध गर्दै प्रचण्ड–माधव समूह निकट अनेरास्ववियू हाल दोस्रो चरणको आन्दोलनमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *