भक्तपुर ।
नेकपा एकीकृत समाजबादी निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको अध्यक्षमा दिनेश कार्की चयन भएका छन् ।
बुधबार भएको भेलाले उपाध्यक्षमा विजय चालिसे र सजिना भण्डारी, सचिवमा सुवास चौलागाँइ तथा सहसचिवहरुमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजु तथा कोषाध्यक्षमा रचना वयलकोटी चयन भएका हुन् ।
समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष, उपत्यका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, नेकपा एकिकृत समाजवादी भक्तपुका अध्यक्ष श्याम बस्नेत, संगठनका महासचिव भुपराज खड्का, सचिव तथा पत्रकार महासंघका सचिव गोविन्द चौलागाँइ, वरिष्ठ पत्रकार प्रविणराज जोशी, उपत्यका संयोजक सविन शर्मा, उपत्यका सचिव आशिस गुरागाँइ, केन्द्रीय सदस्य केशव लुइँटेल लगायतको उपस्थितिमा भएको कार्यक्रममा १५ सदस्सयीय कमिटि तथा अग्रज पत्रकार प्रविणराज जोशी र कृष्ण प्रधानलाई सल्लाहकारमा चयन गरिएको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालको वागमती प्रदेश समिति सदस्य विजय चालिसे विकलले उक्त संगठन परित्याग गरी समाजवादी प्रेस संगठनमा निशर्त प्रवेश गरेको घोषणा गरेका थिए । क
Leave a Reply