कोभिडको तेस्रो लहरका कारण कांगेसको १६ जिल्ला अधिवेशन अनिश्चित

 ग्लोबल टिभि           0

कोभिडको तेस्रो लहरका कारण नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केहीदिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ ।

सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी सहभागि हुनेगरी औपचारिक भेला, समारोह आदि गर्न बन्देज लगाइएको छ ।
निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले कोभिडका कारण जिल्ला अधिवेशन गर्ने परिस्थिति टर्दै गएको बताए । ‘जिल्ला अधिवेशन गर्न परिस्थिति अप्ठ्यारो बन्दै गएको छ । निर्वाचन समितिले केही दिनमा आवश्यक निर्णय लिनेछ’, रावलले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *