पृथ्वी जयन्ती मनाउने क्रममा राजधानीमा झडप ( भिडियो सहित)

 ग्लोवल टि.भी.      सोमवार, पुस २७, २०७७      0

काठमाण्डौं । ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा काठमाडौंको सिंहदरबार अगाडी रहेको पृथ्वी नारायणको शालिकमा माल्यार्पण गरिएको थियो । त्यस्तै राप्रपाले पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा रÞ्यालिको आयोजना गरेको थियो ।

यसैबीच जुलुस सहित शालिकमा माल्यार्पण गर्न सिंहदरबार अगाडी जान लागेका समूहलाई प्रहरीले भद्रकालीमा रोकेको छ । सो क्रममा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ ।

दिवस मनाउन पुगेकाहरुले निकालेको ¥यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि बढ्दा सडक पूरै छेकेपछि प्रहरीले पेटीबाट हिड्न गरेको आग्रह नमान्दा धरकपड भएको हो । ¥यालीमा सहभागीले प्रहरीले ज्यादती गरेको भन्दै नाराबाजी गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *