ग्लोबल टिभि
0
माघ ८
सत्तारुढ पाँच दलीय गठबन्धनका नेता पहिले संसदीय चुनाव गर्ने मनस्थितिबाट पछि हटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा दलहरूबीच स्थानीय तहको चुनाव गर्ने सहमति भएको छ । यससँगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नियमित समयमा नै गर्न दलहरु सहमत भएका छन् । अब संविधान तथा कानुनविदसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको छ ।
बैठकमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो । मन्त्री कार्कीले त्यस विषयमा विस्तृत छलफल भने नभएको बताए ।
Post Views: 1,107
Leave a Reply